Kathmandu Press

१२ वर्षे रुद्रायणीदेवी मेलाको मुख्य जात्राको तयारी पूरा

ललितपुर महानगर २१ नंवर वडा र श्री रुद्रायणी गुठीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै १२ वर्षे रुद्रायणीदेवी मेला अन्तर्गत असोज शुक्ल तृतिया अर्थात मंगलबार हुने मुख्य जात्राको तयारी पुरा भएको जनाएको हो।
१२ वर्षे रुद्रायणीदेवी मेलाको मुख्य जात्राको तयारी पूरा

ललितपुर, असाेज २८ : ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेलाको मुख्य जात्राको तयारी पूरा भएको छ।

ललितपुर महानगर २१ नंवर वडा र श्री रुद्रायणी गुठीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै १२ वर्षे रुद्रायणीदेवी मेला अन्तर्गत असोज शुक्ल तृतिया अर्थात मंगलबार हुने मुख्य जात्राको तयारी पुरा भएको जनाएको हो।

Hardik ivf

धार्मिक तथा तान्त्रिक महत्वको यो मेलाका लागि १४ देवको गुफा राख्ने कार्य यसअघि नै सुरु भइसकेको छ। गुफापछि दसैंको घटस्थापनाको भोलिपल्टदेखि १२ वर्षे मेला औपचारिक रुपमा सुरु हुन्छ।

घटस्थापनाको भोलिपल्ट रुद्रायणी देवगणहरुबाट आफ्नो शक्ति सञ्चय स्वरुप बिभिन्न स्थानहरुमा  द्यो काः वनेगु कार्य गरिन्छ भने असोज शुक्ल तृतियाका दिन ढोका बाहिर चोखो राँगा काट्ने दिन अर्थात देःसा मनाइने वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए।

जात्रा अन्तर्गत कार्तिक ३ गते शिकाली जात्रा हुने र चार गते नाँच प्रदर्शन गरिने श्री रुद्रायणी गुठीका अध्यक्ष बुद्धिरत्न ढंगोलले जानकारी दिए।

जात्राको समयमा रुद्रायणी मन्दिरबाट सिकालीसम्म जात्रा सुचारु गर्दा रुद्रायणी मन्दिरको आफ्नै बाटो रहेको छ। माथिल्लो ‘लाछी ’ र तल्लो ‘लाछी ’ देखि रुद्रायणी विद्यालय हुदैं सिकाली जाने मार्गलाई देवता मार्ग भन्ने गर्दछन्।

रुद्रायणी देवीको १२ वर्षे मेला देश र जनताको रक्षार्थ देखाइने भएकाले यसको छुट्टै महत्व रहेको रुद्रायणी गुठीले जनाएको छ। 

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्