Kathmandu Press

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं, असोज २६ : राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
 
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको हो।
      
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु देवेन्द्र दाहाल, सुरेश आलेमगर, सारदादेवी भट्ट, भुवनबहादुर सुनुवार, डा विमला राई पौडेल, नारायणप्रसाद दाहाल, गङ्गाकुमारी वेल्वासे माग लिनुभएको थियो।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित निर्माणधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन अध्यापन गराउन सरकारले यो विधेयक प्रस्तुत गरेको हो। सो विधेयक यही असोज १९ गते सभामा दर्ता भएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही असोज ३० गते १ बजे बस्नेछ।

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्