Kathmandu Press

इजरायलमा सम्पर्कविहीन युवाको खोजीमा कूटनीतिक सक्रियता बढाउन सांसद पन्तको माग

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले हराएका युवा बन्धकमा रहेको हुन सक्ने आशंका रहेको भन्दै सरकारले कूटनीतिक सक्रियता बढाउनुपर्ने बताए।
इजरायलमा सम्पर्कविहीन युवाको खोजीमा कूटनीतिक सक्रियता बढाउन सांसद पन्तको माग

काठमाडौं, असाेज २६ : नेकपा एमालेका सांसद रघुजी पन्तले सम्पर्कबिहीन बनेका नेपालीको खोजी गर्न सरकारलाई इजरायल सरकारसँग कूटनीतिक सक्रियताबाट वार्ता अगाडि बढाउन आग्रह गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले हराएका युवा बन्धकमा रहेको हुन सक्ने आशंका रहेको भन्दै सरकारले कूटनीतिक सक्रियता बढाउनुपर्ने बताए।

Hardik ivf

उनले भने, ‘सरकारले इजरायल सरकारसँग कूटनीतिक तवरबाट वार्ता अगाडि बढाओस्। हराएका युवा बन्धकमा रहेको हुन सक्ने आशंका छ।

खोजीका लागि सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गर्दछु। संयूक्तल राष्ट्र संघका विभिन्न संघ सस्थाहरुसँग कूटनीतिक सक्रियता बढाइयोस्।’

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्