Kathmandu Press

पर्वका बेला जनतालाई राज्य भएको अनुभूति गराउन सांसद झाको आग्रह

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आम जनतालाई राज्य छ भन्ने कुराको अनुभूति गराउनु पर्ने बताए। 
पर्वका बेला जनतालाई राज्य भएको अनुभूति गराउन सांसद झाको आग्रह

काठमाडौं, असाेज २६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चाडपर्वका बेला जनतालाई राज्य भएको अनुभूति गराउन आग्रह गरेका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आम जनतालाई राज्य छ भन्ने कुराको अनुभूति गराउनु पर्ने बताए। 

Hardik ivf

‘चाडपर्वको बेलामा राज्यको आवश्यक उपस्थिति भइदेओस् र सबैलाई राज्य छ सरकार छ र कसैले हेर्दै छ भन्ने कुराको अनुभुति भइदेओस्।’

उनले बझाङको भूकप्प ग्रसित क्षेत्रमा पुग्नका लागि यातायातको सरल व्यवस्था नभएको भन्दै सरकारले यस्ता कार्यमा आफ्नो सहभागिता देखाउनु पर्ने बताए। 
 
प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्