Kathmandu Press

‘हामीले नै बनाएको सरकारबारे आफैंलाई भ्रम हुन थाल्यो’

‘हामीले नै बनाएको सरकारबारे आफैंलाई भ्रम हुन थाल्यो’

काठमाडौं, असाेज २६ : सांसद सञ्जयकुमार गौतमले सरकार बनाउनकै लागि बनाएको जस्तो मात्र भएको बताएका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको सरकारले जनताले अपेक्षा गरे अनुसारको काम नगरेको बताए। 

Hardik ivf

उनले भने, ‘यो सरकार हामीले सरकार बनाउनको लागि मात्र बनाएको होइन। प्रधानमन्त्री र मन्त्री बन्नको लागि मात्र बनाएको होइन। सरकारले मुलुकलाई स्थिरता देओस्, सुशासान देओस् र भ्रष्टाचारमुक्त बनाएर जनतामा छाएको घोर निरासालाई चिरोस् भनेर सरकार बनाएका हौं।’

देश आज गम्भीर संकटमा रहेको भन्दै उनले राष्ट्रिय गौरवका योजनाहरु अस्तवयस्त अवस्थामा पुगेको बताए। ‘देश आज गम्भीर संकटमा छ। के हुँदैछ वास्तवमा कसैलाई पनि थाहा छैन’ गौतमले भने, ‘सरकार त हामीले नै बनाएका हौं तर हामीलाई यो सरकार हाम्रो हो कि होइन भन्ने भ्रम सिर्जना हुन थालेको छ।’

सरकारले बेवास्ता गरेर काम गर्ने हो भने लोकतन्त्र पनि नरहने र देश ठूलो संकटमा पर्ने उनले बताए।
 

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्