Kathmandu Press

दुई वर्ष पुराना मुद्दा चालु आवमै फर्छ्याेट हुने

दुई वर्ष पुराना मुद्दा चालु आवमै फर्छ्याेट हुने

काठमाडौं, असोज २६ : काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फर्छ्याेट गर्ने भएको छ। 

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फर्छ्याेट गर्ने जनाएको हो। हाल उक्त अदालतमा दुई हजार नौ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन्।

अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौँ अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फर्छ्याेट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताए। 

उक्त अदालतमा दुईवर्ष पुरानासहित हाल ३१ हजार तीन सय ३६ मुद्दा विचाराधीन छन्।

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्