Kathmandu Press

नमरुन्जेल प्रधानमन्त्री, मन्त्री र सांसद बन्न पाउने विद्यमान व्यवस्थामा सुधार गरौं : सांसद देवकोटा 

नमरुन्जेल प्रधानमन्त्री, मन्त्री र सांसद बन्न पाउने विद्यमान व्यवस्थामा सुधार गरौं : सांसद देवकोटा 

काठमाडौं, असाेज २६ : राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले, राज्य सञ्चालकप्रति समाजमा निरासा र आक्रोश पैदा भएको बताएका छन्। 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले अहिले राज्य संचालनको जिम्मेवारी लिएकाहरुप्रति समाजको अधिकांश व्यक्तिहरूमा निरासा र आक्रोश पैदा भएको बताएका हुन्।

Hardik ivf

‘राज्य सञ्चालनप्रति अहिले समाजको अधिकांश व्यक्तिहरूमा निरासा आक्रोश छ। पूर्वराजा लगायत निराशाको खेती गर्नेहरुको पछाडि नागरिकहरको भिडले यसलाई पुष्टि पनि गर्छ,’ उनले भने ‘त्यसैले हामीले यो शासन व्यवस्थामा देखिएका कमी कमजारिहरु सुधार गरौँ कमाई खाने भाँडोको रुपमा चित्रित राजनीतिमा शुद्धिकरणको अभियान सञ्चालन गरौं।  यसको लागि पहिलो र अनिवार्य सर्त नमरुन्जेल मन्त्री प्रधानमन्त्री र सांसद बन्न पाउने विद्यमान संवैधानीक  र कानुन व्यवस्थामा सुधार हो। ’

उनले बारम्बार विदेश भ्रमणमा जाने प्रधानमन्त्री तथा मन्त्रीहरुले देशलाई स्विट्जरल्याण्ड बनाउने भाषणा दिएको दशकौं भएपनि देशको हालत सुधार हुन नसकेको स्मरण गरे। 

‘प्रधानमन्त्री, मन्त्रीहरु विदेश घुमेको घुम्यै छन्। नेपाललाई सिंगापुर स्विट्जरल्याण्ड बनाउँछु भनेर नेताहरूले भाषण गर्ने कुरा त दशकौँ भइसक्यो। तर ति देशहरुले कसरी छलाङ मारे भनेर नेताहरुले सोचेनन्।’
 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्