Kathmandu Press

७ केजी चाँदीका सामानसहित एक भारतीय पक्राउ

भारतको पूर्वी चम्पारण गम पञ्चायत नागटोल–६ भएका २९ वर्षीइ अस्विनी सर्राफलाई सशस्त्र प्रहरीको टोलीले बिहीबार बिहान बनेपाबाट पक्राउ गरेको हो।
७ केजी चाँदीका सामानसहित एक भारतीय पक्राउ

काभ्रे, असोज २५ : कबिर ७ किलो चाँदीसहित बनेपाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको पूर्वी चम्पारण गम पञ्चायत नागटोल–६ भएका २९ वर्षीइ अस्विनी सर्राफलाई सशस्त्र प्रहरीको टोलीले बिहीबार बिहान बनेपाबाट पक्राउ गरेको हो।

चाँदीका विभिन्न सामग्रीसहित वीगञ्जबाट रात्री बसमा आउँदै गरेका सर्राफलाई सशस्त्र प्रहरी बल नेपाल नंं. १५ गणबाट सशस्त्र प्रहरी उपरीक्षक अच्यूतकुमार मगजैयाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

उनको साथबाट २१९ थान सिक्का, २० थान मंगलसुत्र, २ प्याकेृट मालाको दाना, २२ थान ब्रासलेट, १६ थान चुरा, ४४ जोर पाउजु, ८४ थान सिक्री र ३ वटा गिलास बरादन गरेको बताइएको छ।

उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको छ।

प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्