Kathmandu Press

सदनमा सरकारको प्रसंशा

सदनमा सरकारको प्रसंशा
Hardik ivf

काठमाडाैं, साउन २५ : प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले इजरायलमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा सरकारले गरेको पहलको प्रसंशा गर्दै उक्त कार्यका निम्ति धन्यवाद व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद प्रकाशमान सिंहले इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरे। सरकारले अग्रसरता देखाइ परराष्ट्रमन्त्री पठाएर नेपालीलाई स्वदेश फर्काउने र मृतकको शव नेपाल ल्याउने कार्य सराहनीय रहेको भन्दै उहाँले सरकारलाई उक्त कार्यको लागि धन्यवाद दिए। सांसद सिंहले चाडबाडको समयमा दैनिक उपभोग्य वस्तु सहज र सहुलियतरुपमा उपलब्ध गराउन पनि माग गरे।
 
सांसद देवेन्द्र पौडेलले इजरायलमा दुःखद घटनामा परी ज्यान गुमाएका नेपालीप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै  परिवारजनमा समवेदना प्रकट गरे। उनले विश्वविद्यालयको स्तरीकरण गरी नेपालमै पठनपाठन गर्न  विश्वास जगाउने र नेपालमै त्यसप्रकारका शिक्षा प्राप्त गर्न  सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद नारायणी शर्माले इजरायलमा भएको आक्रमणमा परी निधन भएका नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले गरेको तयारीप्रति धन्यवाद दिइन्। उनले चाडपर्वमा हुने उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद दुर्गा राईले इजरायलमा भएको आक्रमणमा परी निधन भएका नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्। उनले केही समयदेखि चिकित्सकमाथि कुटपीटका घटना आइरहेकाले यस्तो गतिविधि दीर्घकालीनरुपमा रोक्न कडा कानुन बनाउन सरकार समक्ष माग गरिन्।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्