Kathmandu Press

राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै समारोहमा लोक सेवा आयोग, भाषा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस भएको हो। 
राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस
Hardik ivf

काठमाडौँ, असोज २५ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन संवैधानिक आयोगको प्रतिवेदन पेस भएको छ।

राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै समारोहमा लोक सेवा आयोग, भाषा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस भएको हो। 

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले ६४औँ वार्षिक प्रतिवेदन, भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले सातौँ वार्षिक प्रतिवेदन र वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आव २०७९र८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरे। 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्