Kathmandu Press

पाल्पालीलाई स्वास्थ्य बिमा सेवाबाट बन्चित गरिएको ठाकुरको दुखेसो  

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि मन्त्रीसँग भेटेपछि एकजना गएको पनि सरुवा गरेको भन्दै सरकारलाई के तरिका हो के भईरहेको भन्दै प्रश्न गरेका छन्। 
पाल्पालीलाई स्वास्थ्य बिमा सेवाबाट बन्चित गरिएको ठाकुरको दुखेसो  

काठमाडौं, असाेज २५ : नेकपा एमालेका सांसद ठाकुर गैरेले पाल्पाली जनताहरु स्वास्थ्य बिमाको सेवाबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि मन्त्रीसँग भेटेपछि एकजना गएको पनि सरुवा गरेको भन्दै सरकारलाई के तरिका हो के भईरहेको भन्दै प्रश्न गरेका छन्। 

उनले भने, ‘पाल्पाली जनताले स्वास्थ्य विमा मार्फत सेवा पाउनुपर्ने बाले, मन्त्रीसँग पनि आग्रह गरे तर पनि कुनै चासो भएन र पाल्पाली जनता अझै पनि विमा पाउँनबाट वञ्चित छन्।

जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि सदनमा बोले, मन्त्रीसँग पनि भेटेपछि एकजना डाक्टर १६ गते पुग्नु भयो तर १९ गते फेरि सरुवा भयो यो के तरिका हो के भईरहेको छ।’ 
 
प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्