Kathmandu Press

स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित पक्राउ

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ गैराबारी बस्दै आएका पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धनबहादुर पुर्जा मगर छन्। 
स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित पक्राउ

कास्की, असाेज २५ : पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको भारतीय रूपैयाँसहित एकजनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ गैराबारी बस्दै आएका पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धनबहादुर पुर्जा मगर छन्। 

उनलाई ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सीआरभी लामाचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्