Kathmandu Press

प्रहरी हुँ भन्दै रकम लुट्ने दुईजना पक्राउ

लुटिएका पीडित साहले बिमाका लागि तिर्न र बैंकमा जम्मा गर्न लैजाँदै गरेको१२ लाख रूपैयाँ लुटिएको प्रहरीमा बताएका छन्।
प्रहरी हुँ भन्दै रकम लुट्ने दुईजना पक्राउ

विराटनगर, असाेज २५ : आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न दुईजनालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। विराटनगर महानगरपालिका १ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का ३६ वर्षीय सुनील थापालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले दुई दिनअघि विराटनगर १२ रानीका रविकुमार साह सुडीबाट लाखौं रकम लुटेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार प्रहरी हौं भन्दै धम्क्याएर उनीहरुले लुटपाट गरेको पाइएको छ। लुटिएका पीडित साहले बिमाका लागि तिर्न र बैंकमा जम्मा गर्न लैजाँदै गरेको१२ लाख रूपैयाँ लुटिएको प्रहरीमा बताएका छन्।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट लुटिएको रकम पनि बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न तामाङ र थापा दुवै जागिर छाडेका (पूर्वप्रहरी) रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहाले जानकारी दिए।
 

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्