युरोप महिला संयोजकमा थापाद्धारा उम्मेदवारी घोषणा
एनआरएनए फ्रान्सको नेतृत्वमा रहँदा युक्रेनका नेपालीको उद्धार, राहतसँगै नेपाली भाषा र संस्कृतिको संरक्षणमा सक्रिय थापा युरोपका नेपालीको समस्या समाधानमासमेत सक्रिय रहँदै आएकी छन् ।
काठमाडौं, असोज २५ : गैरआवासीय नेपाली संघ एनआरएनए निर्वाचन अन्तर्गत युरोप महिला संयोजकमा गीता खनाल थापाले उम्मेदवारी घोषणा गरेकी छन् ।
एनआरएनए डेको दिन पारेर एनआरएनए फ्रान्सकी निवर्तमान अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेकी हुन् ।
एनआरएनए फ्रान्सको नेतृत्वमा रहँदा युक्रेनका नेपालीको उद्धार, राहतसँगै नेपाली भाषा र संस्कृतिको संरक्षणमा सक्रिय थापा युरोपका नेपालीको समस्या समाधानमासमेत सक्रिय रहँदै आएकी छन् ।
युरोपभरका महिलाहरुको क्षमता विकास र समस्या समाधानमा भूमिका खेल्न उम्मेदवारी दिएको बताइन् ।
‘फ्रान्सको एनआरएनए अध्यक्ष रहँदा युरोपभरका समस्या बुझ्ने अवसर पाएको छु,’ उनले भनिन्,‘नेतृत्वदायी ठाउँमा पुगेर समस्या समाधानमा पहल गर्न उम्मेदवारी दिएको छु ।’
उनले आफ्ना लागि साथ दिन सबै अग्रज तथा एनआरएनका सहयात्रीहरुसँग अपिलसमेत गरेकी छन् ।
प्रकाशित मिति: ०९:१४ बजे, बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार