Kathmandu Press

मनी लाउन्डरिङ विधेयक संसदीय समितिबाट पास

मनी लाउन्डरिङ विधेयक संसदीय समितिबाट पास
Hardik ivf

काठमाडौं, असोज २४ : कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति  शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

उपसिमितिले मंगलबार बुझाएको प्रतिवेदन समितिले संशोधनसहित पास गरेको हो। सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने प्रस्ताव हटाइएको सभापति विमला सुवेदीले बताइन् । क्यासिनो सञ्चालन विदेशी सीमाबाट ५ किलोमिटर बाहिर हुनुपर्ने व्यवस्था गरिएको उनकाे भनाइ थियाे।

उनका अनुसार प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु हाललाई कायम राखी आगामी तीन वर्षभित्र ५ किलोमिटरको सीमाबाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको उनले बताइन्।

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्