Kathmandu Press

पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न सक्दैनन् : नेता सिपि गजुरेल

बुधबार काठमाडौंमा क्रान्तिकारी कम्युनिष्ट माओवादीद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पुरानो पार्टीको विकल्प खाजिरहेको अवस्थामा नयाँ पार्टी आएपनि चुनाव पछि पुरानो पार्टी जस्तै भएको तर्क गरे।  
पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न सक्दैनन् : नेता सिपि गजुरेल
Hardik ivf

काठमाडौं, असाेज २४ : क्रान्तिकारी कम्युनिष्ट माओवादीका नेता सिपि गजुरेलले पुराना पार्टीहरुको विकल्प नयाँ पार्टी बन्न नसक्ने तर्क गरेका छन्। 
बुधबार काठमाडौंमा क्रान्तिकारी कम्युनिष्ट माओवादीद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पुरानो पार्टीको विकल्प खाजिरहेको अवस्थामा नयाँ पार्टी आएपनि चुनाव पछि पुरानो पार्टी जस्तै भएको तर्क गरे।  

उनले भने,‘आम जनताले पुराना राजनीतिक पार्टीहरुसँग वाक्क भईसके पार्टीहरुसँग जनताको विश्वास सकियो पुरानो व्यवस्थाप्रति पनि वितृष्णा भईसक्यो।  जनताले विकल्प खोजिरहेको छन्। तर कसैले दिन सकेको छैनन्। विकल्प खोज्र्दै जाँदा नयाँ पार्टीलाई भोट दिन्छन् तर त्यो पनि उस्तै चुनाव सक्किन पाएको छैन् पुरानै पार्टी जस्तो भइसके। न नयाँ पार्टीले विकल्पको काम गर्छ। न अरुले सकेको छ।’

उनले निर्वाचनबाट सरकार छान्ने व्यवस्थालाई हटाएर राष्ट्रिय राजनीतिक सम्मेलनले सरकारको निर्णय गर्ने व्यवस्था जरुरी रहेको बताए।  उनले भने,‘निर्वाचनबाट अब यो सरकार हुँदैन्। निर्वाचनबाट भएको चाहे केन्द्रको संसदमा होस या प्रदेशमा होस् त्यहाँको बहुमतले निर्णय गर्दैन्। राष्ट्रिय राजनीतिक सम्मेलनले निर्णय गर्छ। राजनीति राष्ट्रिय सम्मेलन बन्छ र यो व्यवस्थालाई खारेज गर्छ। ’
 
प्रकाशित मिति: १५:१७ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्