Kathmandu Press

नेपाल अन्तर्राष्ट्रिय सूक्ष्म दर्शकिय महासंघको सदस्य बन्दै

सुक्ष्मदर्शकिय यन्त्र सम्बन्धी सहभागिता तथा कार्यपत्र प्रस्तुतिका हिसावले अभिलेखिय सफलता पाएको उक्त सम्मेलनमा कुल सहभागिता संख्या ३०६७ थियो। सम्मेलन पुर्व २ दिने कार्यशाला गोष्ठी पनि सम्पन्न भएको थियो।
नेपाल अन्तर्राष्ट्रिय सूक्ष्म दर्शकिय महासंघको सदस्य बन्दै

काठमाडौं, असोज २४ : कोरियाको पर्यटकीय, ऐतिहासिक तथा रणनीतिक महत्त्वको सहर बुसानको बेक्स्को प्रदर्शनी स्थलमा यहि सेप्टेम्बर ९ तारिख देखि आयोजित २०औं अन्तर्राष्ट्रिय सुक्ष्मदर्शकिय महासम्मेलन २०२३, १५ सेप्टेम्बरका दिन सफलतापुर्बक सम्पन्न भएको छ। 

सुक्ष्मदर्शकिय यन्त्र सम्बन्धी सहभागिता तथा कार्यपत्र प्रस्तुतिका हिसावले अभिलेखिय सफलता पाएको उक्त सम्मेलनमा कुल सहभागिता संख्या ३०६७ थियो। सम्मेलन पुर्व २ दिने कार्यशाला गोष्ठी पनि सम्पन्न भएको थियो।

महासम्मेलन शुरु हुनु अगाडि युवा बैज्ञानिकहरुको सभा तथा सुक्ष्मदर्शकिय यन्त्र सम्बन्धि कार्यशाला गोष्ठी हुने प्रचलन छ। सोही बमोजिम उक्त कार्यक्रममा बिश्वभरबाट उपस्थित ५०० बढी युवा बैज्ञानिकहरुको उपस्थिति रहेको थियो । 

Hardik ivf

सम्मेलनमा नोबेल पुरस्कार बिजेता बैज्ञानिकहरु रिचार्ड हेन्डर्सन, आयोसिम फ्रान्क, कोनस्टान्टिन नोवोसेलोव, फ्रान्स एम. रोस, आदिले प्रवचन दिएका थिए। बैज्ञानिक कार्यक्रम २४ वटा समानान्तर सत्रगरि ५ दिन सम्म सन्चालन गरिएको थियो।

दैनिक सुक्ष्मदर्शकिय यन्त्रहरुको प्रयोग गरेर गरिएका उत्कृष्ट बैज्ञानिक अनुसन्धानका कार्यहरुको प्रस्तुती गर्ने अनुसन्धातामा नेपालबाट डा। दीपेन्द्र पराजुलि मात्र छनोटमा परेका थिए ।

उनले महासम्मेलनमा, फोहोरबाट ब्याट्री माध्ययमबाट उर्जा उत्पादन गर्ने प्रबिधी सम्बन्धी" Microscopic and Spectroscopic Study of Some Electrode Materials used in Lithium Ion Batteries and Supercapattery" शिर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । 

१४ सेप्टेम्बर २०२३ का दिन महासंघको महाधिवेशन आयोजना भएको थियो। उक्त महासभामा नेपालका तर्फबाट बर्णाबृत्ती तथा सूक्ष्म दर्शकिय समाज, नेपालका अध्यक्षको हैसियतले पराजुलीले भाग लिएका थिए । 

उक्त अधिबेशनबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्नुका साथै नेपाललाई पनि अन्तर्राष्ट्रिय सुक्ष्मदर्शकिय महासंघको सदस्यता दिने निर्णय गरेको थियो। सदस्यता दिने तयारिको प्रावधानारुप यसै वर्ष सह सदस्यता पाईसकेको छ।

कार्यक्रमबाट नेपाललाई सुक्ष्मदर्शकिय समाजको अन्तर्राष्ट्रिय समुदायमा चिनाउन, समाज मार्फत महासंघमा नेपालको बलियो उपस्थिति देखाउन तथा नेपालमा भएका अनुसन्धानका कार्यहरुलाई बिश्वजगतमा पुर्‍याउन निकै ठूलो उपलब्धि भएको छ।

तर बिडम्बना, नेपालभित्र एउटा पनि काम गर्ने ईलेक्ट्रोन सूक्ष्मदर्शक यन्त्र नहुँदा बिश्व सामु लज्जित भै रहनु परेको बताउँदै यस सम्बन्धि विशेष चासो लिईदिन नेपाल सरकारलाई बर्णाबृत्ती तथा सूक्ष्म दर्शकिय समाज, नेपालका अध्यक्ष डा. दीपेन्द्र पराजुली बताउछन् । 

प्रकाशित मिति: ०८:०४ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्