Kathmandu Press

महानगरले सुरु गर्यो कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप कार्यक्रम

आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविजविरुद्धको खोप दिने र ९ वडा हुँदै ३२ वडासम्म पुग्ने लक्ष्य रहेको उनले बताएका छन्।
महानगरले सुरु गर्यो कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप कार्यक्रम

काठमाडौं, असोज २३ : काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोको संख्या सीमित गरेर भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मंगलबार समाजिक सञ्जाल मार्फत काठमाडौं महानगरपालिकाको प्रमुख बालेन शाहले चुनाब बेला घरदैलो गर्दा होस् वा कलसेन्टरमा गुनासो काठमाडौं को मुख्य समस्या मध्य कुकुर व्यवस्थापन पनि रहेको बताएका हुन्।  

Hardik ivf

‘चुनाब बेला घरदैलो गर्दा होस वा कलसेन्टरमा गुनासो काठमाडौंको मुख्य समस्या मध्य कुकुर व्यवस्थापन पनि रहेछ,’ उनले लेखेका छन् पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यसकारण सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दैछौँ।’

उनले आजैबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२)बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउने भएको जानकारी दिए।

आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविजविरुद्धको खोप दिने र ९ वडा हुँदै ३२ वडासम्म पुग्ने लक्ष्य रहेको उनले बताएका छन्।

वडा ४ मा पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल, वडा ७ मा काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर), वडा ९ मा बत्तीसपुतली युवा, समाज, वडा ११ मा अक्सा नेपाल, वडा १४ मा एनिमल नेपाल, वडा १५ मा नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर, वडा २५ मा स्नेहाज केयर, वडा ३१ मा भेट फर योर पेट र वडा ३२ मा मण्डला भेट हस्पिटलले काम गर्नेछन्।

 

प्रकाशित मिति: ११:४० बजे, मंगलबार, असोज २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्