Kathmandu Press

महिला भएकैले विशेष सुविधा पाउनु पर्छ भन्ने होइन, क्षमता बढाउनु पर्छ : मन्त्री शर्मा

महिला भएकैले विशेष सुविधा पाउनु पर्छ भन्ने होइन, क्षमता बढाउनु पर्छ : मन्त्री शर्मा

काठमाडौं, असाेज २२ : सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले, सञ्चार क्षेत्रमा महिलाको सहभागीलाई बढाउन आवश्यक रहेको बताएकी छिन्। 

सोमबार काठमाडौंमा आयोजित  नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५१ प्रतिशतको जनसङ्ख्या भएका महिलाहरुको विभिन्न निकायमा ३३ प्रतिशत उपस्थिति न्यायोचित नहुने बताइन्। 

Hardik ivf

उनले भनिन्, ‘अहिलेको समस्या भनेको महिलाको उपस्थिति अझै पनि बढाउन जरुरी छ। ३३ प्रतिशत सहभागिता भनेको छौं। ५१ प्रतिशतको जनसङ्ख्या छ। ३३ प्रतिशतको सहभागिताले मात्र समाजको सहभागीको जवरजस्त उपस्थिति बन्न सक्दैन।’

उनले उपस्थितिलाई मात्र नभएर उपस्थितिहरुको क्षमता प्रतिस्पर्धा गर्न लायकको छ कि छैन् भन्ने कुरामासमेत ध्यान दिनु पर्ने बताइन्। 
मन्त्री शर्माले महिला भएकै कारण विशेष सुविधा पाउनै पर्छ भन्ने नभई प्रतिस्पर्धाको क्षमता नै हुनु पर्नेमा उनको जोड दिइन्। 
 

प्रकाशित मिति: १६:१७ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्