Kathmandu Press

प्रविधिसँग जोडिएर पत्रकारिता गर्नु आजको आवश्यकता : अध्यक्ष पोखरेल 

प्रविधिसँग जोडिएर पत्रकारिता गर्नु आजको आवश्यकता : अध्यक्ष पोखरेल 

काठमाडौं, असाेज २२ : पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले, प्रविधिसँग जोडिएर पत्रकारिता गर्नु आजको आवश्यकता भएको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता तालिम समापन कार्यक्रममा उनले आफूलाई अब्बल बनाउनको लागि प्रविधिमैत्री पत्रकारिता गर्नु आवश्यक भएको बताएका हुन्। 

उनले भने, ‘ पत्रकारिताको मूल धारमा  महिलाहरुको सशक्त उपस्थिति आवश्यक छ। त्यसले वास्तविक चरित्र देखाउन सकिन्छ । प्रविधिमैत्री पत्रकारिता गर्नुपर्छ। प्रविधिसँग जोडिएर गरेको पत्रकारिताले मात्रै आफूलाई अब्बल बनाउन सकिन्छ।’

एजेन्डा सिंगो समाजको हुन्छ र त्यसलाई राज्यले स्थापना गर्ने हो भन्ने कुरा बुझाउन आवश्यक भएको उनको भनाइ छ।
 

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्