Kathmandu Press

जुम एकेडेमीको १२औं शाखा कौशलटारमा

जुम एकेडेमीको १२औं शाखा कौशलटारमा

काठमाडौं, असोज २१ : सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटि एकेडेमीले १२औं शाखा भक्तपुरको कौशलटारमा खोलेको छ।

जुम ब्यूटि एकेडेमीको शाखाको गायक प्रकाश सपुत र एकेडेमीकी ब्रान्ड एम्बासेडर नायिका केकी अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे।

Hardik ivf

कार्यक्रममा गायक सपुतले जुमले १२औं शाखा विस्तारसम्म कैयौं महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत सुन्दर र शशक्त बनाउन योगदान पु¥याएको बताए। त्यसैगरी केकी अधिकारीले जुमले छोटो अवधिमा ठूलो उपलब्धि हाँसिल गरेको बताइन्।

कार्यक्रममा जुमकी सीईओ एवं संस्थापक जुनु चक्रधरले जुमको प्रत्येक शाखाको स्थापनासँगै यहाँ कम्तीमा पनि १० जना महिलाले रोजगारी पाउने भएकाले यसले गर्दा आफूले समाजप्रतिको दायित्व पनि पुरा गरेको बताइन्।

एकेडेमीले हजारौं विद्यार्थीलाई सक्षम र क्षमतावान बनाएको र कैयौंलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर महिला शशक्तिकरणमा महत्वपूर्ण भूमिका निभाएको उनले बताइन्।

जुमले महिला सशक्तिकरणका साथसाथै उनीहरुले देशभित्रै पाएको रोजगारीले उनीहरुको परिवारलाई पनि सहयोग पु¥याएको र महिलालाई आफ्नै देशमा स्वाबलम्बी भएर बाँच्न सिकाएको जुम एकेडेमीका निर्देशक क्रिशप त्वायनाबासुले बताए।

जुमले हालसम्म कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्खु, स्वयम्भूमा पनि शाखा सञ्चालन गरिसकेको छ।

प्रकाशित मिति: १८:१३ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्