बेथानचोक नारी चेतना साकोसकाे साधारणसभा, अध्यक्षमा पुनः अम्बिका
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले २५ वर्षको गौरवमय इतिहास थुप्रै सफलताका कथाहरूको साक्षी रहेको भन्दै ग्रामिण भेगमा सहकारीमार्फत थुप्रै महिला दिदी बहिनीलाई क्षमतावान बनाउन सफल भएको भन्दै शुभकामना दिए।काभ्रे, असोज २१ : बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाबाट संस्थाको अध्यक्षमा पुनः अम्बिका थापामगर चयन भएकी छिन्। यस्तै, उपाध्यक्षमा अमृता कोइराला, सचिवमा अस्मिता लामा, कोषाध्यक्षमा शान्ति खत्री चयन भएका छन्।
यस्तै सदस्यहरूमा अनिता मगर, इन्दिरा थापा महत, उमा महत, दुर्गा दाहाल, निशा तामाङ, रुपा लामा, सरु लामा चयन हुँदा लेखा सुपरीवेक्षण समिति संयोजकमा दिपा श्रेष्ठ र सदस्यहरुमा अस्मिता लामिछाने गुरागाई र निर्मला तामाङ चयन भएका छन्।
साधारणसभालाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले २५ वर्षको गौरवमय इतिहास थुप्रै सफलताका कथाहरूको साक्षी रहेको भन्दै ग्रामिण भेगमा सहकारीमार्फत थुप्रै महिला दिदी बहिनीलाई क्षमतावान बनाउन सफल भएको भन्दै शुभकामना दिए।
उनले सहकारी अर्थ व्यवस्थाको तीन आधारमध्येको एक महत्वपूर्ण आधार भएकोले गाउँपालिकाभित्रका सहकारीहरुको सहकार्यमा गाउँपालिकाले विभिन्न गतिविधि सञ्चाल गर्दै जाने बताए।
महिलाहरूले संचालन गरेको सहकारीको आफैंमा छुट्टै र महत्वपूर्ण भूमिका हुने भएकाले र घरदेखि समाज परिवर्तनका लागि महिला दिदीबहिनीहरुको भूमिका महत्वपूर्ण हुने बर्ताए।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा, नारी चेतना केन्द्रकी अध्यक्ष सृजना पौडेल, वडा नं. ४ की महिला वडा सदस्य दिलकुमारी लामाले पनि बोलेका थिए।
सो अवसरमा नारी चेतना केन्द्रकी अध्यक्ष सृजना पौडेललाई ‘सहकारी अभियन्ता २०८०’ विशेष सम्मानबाट प्रदान गरिएको थियो भने डा. सविना कार्की, डा. सम्झना केसी, अस्मिता कार्की, गंगा विसुन्के र विमला श्रेष्ठलाई सम्मान गरिएको थियो।