Kathmandu Press

अर्थतन्त्र कोमामा पुगेको छ : सांसद सिंह

आइतबार प्रतिनिधिसभामा उनले नेपालको अर्थतन्त्र कोमामा पुगेको बताए।  राष्ट्रिय अर्थतन्त्रको खराव अवस्थालाई लुकाउने गरी भ्रामक रुपले प्रचार गर्न अर्थ मन्त्रालय लागेको आरोप लगाउँदै सिंहले बुझेको र विज्ञ व्यक्तिलाई मन्त्रालयमा लान माग गरे। 
अर्थतन्त्र कोमामा पुगेको छ : सांसद सिंह

काठमाडौं, असाेज २१ : स्वतन्त्र सांसद डा. अमरेश सिंहले कोमामा पुगेको नेपालको अर्थतन्त्रलाई राम्रो छ भनि जनतामा भ्रम छर्ने कार्यमा सरकार लागेको भन्दै आक्रोश पोखेका छन्। 

आइतबार प्रतिनिधिसभामा उनले नेपालको अर्थतन्त्र कोमामा पुगेको बताए।  राष्ट्रिय अर्थतन्त्रको खराव अवस्थालाई लुकाउने गरी भ्रामक रुपले प्रचार गर्न अर्थ मन्त्रालय लागेको आरोप लगाउँदै सिंहले बुझेको र विज्ञ व्यक्तिलाई मन्त्रालयमा लान माग गरे। 

Hardik ivf

उनले भने, ‘नेपालको अर्थतन्त्र कोमामा छ। या त अर्थमन्त्रीसँग अर्थतन्त्रको ज्ञान छैन, त्यसकारण अर्थतन्त्रको ज्ञान भएको व्यक्तिलाई परिवर्तन गरौं। या त सच्चाई जनतालाई भनौं। जनतालाई ढाट्ने काम नगरौं।’ उनले अर्थतन्त्रको सबै सूचक नकारात्मक भएको उल्लेख गर्दैै सरकारले बताउँदै आएको विदेशी मुद्राको सञ्चिति र विप्रेशणलाई अर्थतन्त्रको आन्तरिक सूचक नै मान्न नहुने तर्क गरे। 

साधारण खर्च बढेको, सरकारले कर्मचारीलाई ऋण लिएर तलव खुवाउनुपर्ने अवस्था आएको, बैंकहरुमा मौज्दात प्रसस्तै हुँदा समेत ऋण दिन नसक्ने मनस्थितिमा नेपाली पुगेको, कूल ग्राह्स्त उत्पालदनमा कृषीको योगदान घटेको लगायतका विभिन्न समस्याहरु यथावत नै रहेको अवस्थामा अर्थमन्त्रीले अर्थतन्त्रको सूचक सकारात्मक छ भन्नु उचित नभएको उनको धारणा छ। 

‘अर्थमन्त्रीले पँजेरोमा चढेर एसी रुममा बसेर नेपालको अर्थतन्त्र पोजेटिभ छ भन्नुहुन्छ। विदेशी मुद्रको सञ्चितिलाई अर्थतन्त्रको सूचक मान्न सकिँदैन। त्यो जाबो सूचक मात्रै हो सबै सूचक होइन।  विदेशी मुद्राको सञ्चिति हुनुमा नेपालीलाई मजदूरको रुपमा विदेशमा बचेका छौं र त्यहाँबाट आएको पैसा हो त्यो। देशको अर्थतन्त्र त्यो होइन।’ 
 

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्