Kathmandu Press

‘प्रसाद २’ विवादमा पक्राउ अग्रवाललाई चार दिन थुना अनुमति

‘प्रसाद २’ विवादमा पक्राउ अग्रवाललाई चार दिन थुना अनुमति

काठमाडौं, असोज २१ : चलचित्र ‘प्रसाद २’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुतमी दिएको छ। 

‘प्रसाद २’ चलचित्र स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड रुपैयाँ हानि पुर्‍याएको दाबीसहित प्रहरीमा जाहेरी परेपछि अग्रवाल पक्राउ परेका थिए। शुक्रबार पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो।

Hardik ivf

ठगीको आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अदालतले अग्रवाललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। अग्रवालविरुद्ध निर्माता सुदर्शन बस्नेतले ठगी आरोपमा प्रहरीमा जाहेरी दिए थिए।

बस्नेतको जाहेरी अनुरुप निर्देशक सुदर्शन थापा र मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको थियो। 

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्