Kathmandu Press

बेनामी उजुरीको व्यवस्था हटाउन सांसद भण्डारीको माग 

बेनामी उजुरीको व्यवस्था हटाउन सांसद भण्डारीको माग 
Hardik ivf

काठमाडौं, असाेज २१ : सांसद शंकर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण विभागमा व्यवस्था गरिएको बेनामी उजुरी गर्ने व्यवस्था हटाउनुपर्ने माग गरेका छन्।  

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति सुद्धLकरण विभागमा परेका बेनामी उजुरीको कारण अराजकता बढेको र उक्त निकायको काममा ढिलाई भई विकास निर्माणमा बाधा पुगेको भन्दै उक्त व्यवस्था हटाउन सरकारसँग आग्रह गरे। 

उनले भने, ‘पछिल्लो समय बेनामी उजुरीको कारणले धेरैजसो विकास निर्माण कार्यमा अवरोध पुगेको र अख्तियारद्वारा समयमै आयोगमा परेका उजुरीहरुको निवारण नभएकाले गर्दा हाम्रो विकास निर्माण कार्य अस्तव्यस्त हुन पुगेको अवस्थालाई मध्यनजर राख्दै नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि अनियमितताको नियन्त्रण तथ्यको आधारमा हुनुपर्छ। जसलाई जे मन लाग्यो त्यसको आधारमा बेनामी उजुरी हाल्दा अराजकता बढाएको र विकासलाई अवरुद्ध गरेको कारणले बेनामी उजुरीको व्यवस्थालाई हटाउनुपर्छ।’
 

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्