Kathmandu Press

चाडपर्वमा हुने सवारी दुर्घटनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था मिलाउन सांसदको आग्रह 

आइतबार प्रतिनिधि साभाको शून्य समयमा रायमाझीले दसैं, तिहार, छठ जस्तो ठुला चाडपर्वको समयमा धेरै हुने गरेको सडक दुर्घटना न्यूनिकरण गर्न सरकार चनाखो बन्नुपर्ने बताइन्। 
चाडपर्वमा हुने सवारी दुर्घटनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था मिलाउन सांसदको आग्रह 

काठमाडौं, असाेज २० : सांसद बिजुला रायमाझीले चाडपर्वमा हुने गरेको बढ्दो सडक दुर्घटनालाई मध्यनजर गरी आवश्य सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन्। 

आइतबार प्रतिनिधि साभाको शून्य समयमा रायमाझीले दसैं, तिहार, छठ जस्तो ठुला चाडपर्वको समयमा धेरै हुने गरेको सडक दुर्घटना न्यूनिकरण गर्न सरकार चनाखो बन्नुपर्ने बताइन्। 

Hardik ivf

उनले भनिन्, ‘चाडवाडमा सवारी दुर्घटना प्रसस्तै हुने र यो सवारी दुर्घटना न्यून गर्न सरकार चनाखो बनोस।’
साथै उनले चाडपर्वमा उपभोक्ता महंगी र कालोबजारीमा ठगीने, लामो र छोटो दूरीको यातायातमा समेत चर्को मूल्यको मारमा पर्ने गरेको भन्दै खाद्यान्नको गुणस्तर परिक्षण देखि चाडपर्व लक्षित अनुगमनलगायत समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराइन्। 

‘सडक जाममा यात्रुले खाने वस्तुको गुणस्तर जाँच भएको पाइँदैन। सस्तो पसलबाट पनि सर्वसाधारण उपभोक्ताहरु लाभान्वित भएको महसुश हुँदैन। पर्वमा मासु खानेहरुको लागि पशु स्वास्थ्य जाँच नहुनु र बधशालाको अनुगमन प्रभावकारी नहुनुले मानव स्वास्थयमा गम्भीर असर पर्न सक्छ, र लामो तथा छोटो दूरीको सवारी भाडा दरले जनता अत्तालिएको पाइन्छ। त्यसकारण यी विषयमा सरकार समयमै चनाखो र होसियार बन्नुपर्यो,’ रायमाझीले भनिन्। 
 
प्रकाशित मिति: १३:४७ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्