Kathmandu Press

विश्वकपमा अफगानिस्तामाथि बंगलादेशको सहज जित

शनिबार धर्मशालामा भएको खेलमा मेहदी हसन मिराजले अलराउन्ड प्रदर्शन गरेपछि बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको सहज जित निकाल्यो।
विश्वकपमा अफगानिस्तामाथि बंगलादेशको सहज जित

काठमाडाैं, असाेज २० : भारतमा जारी एकदिवसीय विश्वकपमा बंगलादेशले विजयी सुरुआत गरेको छ। शनिबार धर्मशालामा भएको खेलमा मेहदी हसन मिराजले अलराउन्ड प्रदर्शन गरेपछि बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको सहज जित निकाल्यो।

अफगानिस्ताले दिएको १५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४.४ ओभरमो ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि मेहदी हसन र नजमुल हुसैन सान्टोले अर्धशतकीय योगदान दिए।

Hardik ivf

सान्टोले ८३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए भने मेहदी हसनले ७३ बलमा ५ चौका प्रहार गर्दै ५७ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ०७ रनको साझेदारी गरेका थिए।

अफगानिस्तानका लागि फैजल फारुकी, नविन उलहक र अज्मतुल्लाह मोरजाइले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तान ३७.२ ओभरमा १५६ रनमा अलआउट भयो। उसका लािग ओपनर रमनुल्लाह गुर्वाजले सर्वाधिक ४७ रन बनाउँदा इब्रहिम जद्रान र ओमरजाइले समान २२ रनको योगदान दिए।

फागानिस्तानलाई सस्तैमा समेट्ने क्रममा कप्तान सकिब अल हसन र मेहदी हसनले समान ३ विकेट लिए । यस्तै, सरिफुल इस्लामले २ विकेट लिए।

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्