Kathmandu Press

साहित्य समाजको ऐना हो : सभामुख घिमिरे 

साहित्य समाजको ऐना हो : सभामुख घिमिरे 

काठमाडौं, असाेज २० : सभामुख देवराज घिमिरेले, साहित्य समाजको ऐना भएको बताएका छन्। छन्द–तरङगको पाँचौ वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, साहित्यले समाजको यथार्थ चित्रण गर्ने भन्दै यसको लेखन र प्रयोग पनि समाजको हितमा हुनुपर्ने बताएका हुन्। 

‘नेपाली साहित्य जसरी उत्पत्ती भयो र जुन ढङ्गबाट यसले प्रभाव पारेको छ। यसले समाजको यथार्थलाई चित्रण गर्ने, समाजलाई बाटो देखाउँने र त्यो बाटोमा हिन्नको लागि आवश्यक अनुशासन, पद्धती, तरिका र त्यसका स्तरहरु बताउँने र समयानुसार यसलाई विकास गर्ने प्रत्येक कुराहरु गर्न सक्छ, गरिरहेको छ।’ उनले भने। 

Hardik ivf

परापूर्व कालदेखि नै नेपाली साहित्यले नेपाली समाजको यथार्थ चित्रण गरेको भन्दै उनले साहित्य राजनीति र समाजको सम्बन्ध अन्योन्याश्रित रहेको बताए। 

‘साहित्य र राजनीतिलाई समाज निमार्णको लागि एकै स्थानमा ल्याउँने कुरामा हामी एकै स्थानमा छौ। खाली यसलाई गती कसरी दिने, व्यवहारिक रुप कसरी दिने, साहित्यकारले जे उद्देश्यले कलम चलाउँने गर्छ राजनीतिज्ञहरु पनि त्यसैको लागि लाग्ने गरेको छ त्यसकारण हामीमा समानता छ,’ उनले भने, ‘तर यसलाई व्यवहारिक कसरी बनाउँन सकिन्छ। राजनीतिमा यसलाई उतार्नको लागि के गर्नुपर्छ। अनुसाशन, त्याग, समर्पण, दृष्टिकोणलाई स्पष्ट बनाउँने विषयमा के गर्नुपर्छ। यो सबै कुराहरुमा जनताको कानमा, गाँउमा गाँउमा रहेका बस्तीमा साहित्य प्रभावित हुन्छ।’

उनले साहित्यको माध्यमबाट समाज र राष्ट्रको लागि अझ उत्साहित बनाउँन  आवश्यक रहेको बताए।  
 

प्रकाशित मिति: १५:१० बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्