Kathmandu Press

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो। जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ। महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए। 
एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौं, असोज २० : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ।

नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो। जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ। महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए। 

Hardik ivf

आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो। दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो। तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो। चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो। अन्तिम सेटमा नेपाल १५–१२ अङ्कले विजयी बन्यो।  

यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३–० को सोझो सेटमा पराजित भएको थियो। हङकङले नेपाललाई २५–२२, २५–१६ र २५–१८ अङ्कले पराजित गरेको थियो। यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो। भारत उक्त खेलमा २५–२३, २६–२८, २५–२३ र २५–१७ अङ्कले विजयी भएको थियो। 

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४–२५, १६–२५ र १३–२५ अङ्कले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१–२५, १४–२५ र ११–२५ अङ्कले पराजित भएको थियो। 

प्रकाशित मिति: १३:४८ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्