Kathmandu Press

पार्टी भित्रका कामचोरलाई नेतृत्व नदिनु : महासचिव पोखरेल 

शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले हरेक अभियानमा देखिएका अनुहार नै नेतृत्वमा स्थापित हुनुपर्ने बताए। 
पार्टी भित्रका कामचोरलाई नेतृत्व नदिनु : महासचिव पोखरेल 

काठमाडौं, असाेज १९ : नेकपा एमालेका महासचिव शंखर पोखरेलले कामचोरहरुलाई नेतृत्व दिन नहुने बताएका छन्। 

शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले हरेक अभियानमा देखिएका अनुहार नै नेतृत्वमा स्थापित हुनुपर्ने बताए। 

‘पार्टीका हरेक अभियानमा देखिएका अनुहार नै नेतृत्वमा स्थापित होस कामचोरहरुलाई नेतृत्व दिने हैन्। निश्क्रियहरुलाई नेतृत्व दिने हैन्।’

नेतृत्वलाई जोडेर विभिन्न विभाजन गर्ने प्रयत्नहरु भईरहेको भन्दै उनले,  त्यसमा सक्रिय कार्यकर्ताको उदासिनताले पनि काम गरिरहेको बताए। 
 
प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्