Kathmandu Press

प्रतिस्पर्धा जनतामुखी राज्य संचालनका लागि हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल 

प्रतिस्पर्धा जनतामुखी राज्य संचालनका लागि हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल 

काठमाडौं, असाेज १९ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेलले, राज्य सञ्चालनको लागि प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्नु पर्ने बताएका छन्। 

शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले देश र जनताको हितमा काम गर्न आफैले आफैलाई तयार पार्नु पर्ने बताए। 

‘प्रतिस्पर्धाको राजनीतिमा हामी छौं। यो राज्य सञ्चालनको योग्यता प्राप्त गर्नको लागि पनि प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्नुपर्छ। प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सकिएन भने राज्य सञ्चालनमा देश र जनताको हितमा काम गर्ने कुराहरु पुरा हुन सक्दैन। ’

उनले आउने दोस्रो अधिवेशन सम्म नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको सदस्य कमसेकम ५० हजार पुर्याउने उद्देश्यका साथ काम गर्नु पर्ने बताएका छन्। 

उनले आफुहरु सबै भौगोलिक क्षेत्रको कामसंग सम्बन्धित भएर काम गर्नु पर्ने आवश्यकता औंल्याए। 
 

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्