Kathmandu Press

सुन तस्करी प्रकरणमा प्रतिवादीतर्फका वकिलको बहस सकियो 

सुन तस्करी प्रकरणमा प्रतिवादीतर्फका वकिलको बहस सकियो 

काठमाडौँ, असोज १९ : सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा सकिएको छ। 

प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकीलले जवाफी वहश गर्ने तयारी गरेका छन्। प्रतिवादीका कानुन व्यवसायीले बहशमा अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन्।

हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा वहश चलिरहेको छ।

सरकारी वकिलहरूले जवाफ दिएपछि धरौटीमा छाड्ने वा पुर्पक्षका लागी थुनामा पठाउने भनेर थुनछेकसम्वन्धी आदेश आउनेछ। सुन प्रकरणमा २६ जना थुनामा छन्। 
 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्