Kathmandu Press

प्रस्तावित विधेयकविरुद्ध चलचित्रकर्मीद्वारा चलचित्र बोर्डलाई ध्यानाकर्षणपत्र

शुक्रबार सङ्घसंस्थाका प्रतिनिधिले चावहिलस्थित बोर्ड पुगेर बोर्ड अध्यक्ष भुवन केसीलाई असहमति पत्र बुझाउँदै प्रस्तावित विधेयक अगाडि नबढाउन अनुरोध गरेका हुन्।
प्रस्तावित विधेयकविरुद्ध चलचित्रकर्मीद्वारा चलचित्र बोर्डलाई ध्यानाकर्षणपत्र

काठमाडौं, असाेज २० : प्रस्तावित चलचित्र विधेयकको मस्यौदा अगाडि नबढाउन माग गर्दै चलचित्रसम्बन्धी विभिन्न सङ्घ संस्थाले चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएका छन्। शुक्रबार सङ्घसंस्थाका प्रतिनिधिले चावहिलस्थित बोर्ड पुगेर बोर्ड अध्यक्ष भुवन केसीलाई असहमति पत्र बुझाउँदै प्रस्तावित विधेयक अगाडि नबढाउन अनुरोध गरेका हुन्।

फिल्म निर्माता तथा निर्देशक नवल खड्का, चलचित्र कलाकाल संघको अध्यक्ष मोहन निरौलालगायतका चलचित्रकर्मीहरुले नेपाल चलचित्र बोर्डका अध्यक्ष भूवन केसीलाई बुझाएको ध्यानाकर्षण पत्रमा  चलचित्र सम्बन्धी आएको नयाँ विधेयकलाई अझ सुधार गनुपर्ने कुरामा ध्यान दिन आग्रह गरेका छन्।  जवाफमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले सबै संघ संस्थाहरुलाई ध्यानमा राखेर ऐन पास हुनुपर्ने भन्दै त्यसको लागि मन्त्रालयको ध्यानाकर्षण गराउने वचन दिए। 

Hardik ivf

उनले भने, ‘चलचित्रको सबै संघ संस्थाहरुलाई ध्यानमा राखेर, सबैलाई चित्त बुझ्ने किसिमले यो ऐन पास हुनुपर्छ। त्यसको लागि हामी मन्त्रालयमा फेरि ध्यानाकर्षण गराउँने छौ। मन्त्रालयले पनि यसलाई सकारात्मक रुपमा लिन्छ भन्ने लागेको छ।’
यस्तै, चलचित्र कलाकाल संघको अध्यक्ष मोहन निरौलाले, चलचित्रकर्मी, संघ संस्था र विज्ञहरुको रायबिना नै विधेयक बनेकोमा खेद प्रकट गर्दै यसमा सबैको ध्यान जानुपर्ने बताए। 

उनले भने, ‘तबसम्म विदेशी चलचित्र नेपालमा निर्वाद रुपमा चल्छ, तबसम्म नेपाली चलचित्रको संरक्षण हुदैँन् र यो विधेयकमा यो सबै कुरा समेटिनु पर्छ। चलचित्रकर्मी, संघ संस्था र विज्ञहरुको रायबाट यो विधेयक बन्न पर्ने बनेन यसमा हामी खेद प्रकट गर्छौ। यसमा सबैको ध्यान जान्छ भन्ने आशा गरेका छौ।’ 

उनले नेपाल चलचित्र विकास बोर्डले अलिकति विकृती, नेपाली चलचित्रलाई संरक्षण गर्ने कुरामा हेपेको जस्तो देखिएको भन्दै एउटा अधिकार प्राप्त निकायले चलचित्र क्षेत्रमा संलग्न सबैको हक हितको संरक्षणमा काम नगरेको गुनासो गरे। 
फिल्म निर्माता तथा निर्देशक नवल खड्काले यो विधेयकमाथि ठूलो प्रश्न उठेको भन्दै कोही व्यक्तिहरुलाई खुसि पार्नको लागि विधेयक बन्दै छ भने त्यस्तो विधेयक आवश्यक नभएको तर्क गरे।  

उनले भने, ‘यो विधेयकमाथि ठूलो प्रश्न उठेको छ। कोही व्यक्तिहरुलाई खुसि पार्नको लागि विधेयक बन्दै छ भने त्यस्तो विधेयक हामीलाई चाहिएको छैन्। त्योभन्दा पुरानो विधेयक राम्रो छ भन्ने हाम्रो धारणा छ त्यसकारण पुरानो ल्याउँने होकी नयाँ तर्फ जाने भन्ने कुरा गम्भीर छ यसमा ध्यान जानु आवश्यक छ।’

बोर्डमा बुझाइएको ध्यानाकर्षण पत्रमा नेपाल चलचित्र सङ्घका महासचिव निरेन्द्र महर्जन, चलचित्र निर्माता सङ्घका अध्यक्ष मोहन निरौला, चलचित्र निर्माता सङ्घका अध्यक्ष नबल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र द्वन्द्व कलाकार सङ्घ, नेपाल चलचित्र नृत्य सङ्घ, आदिवासी जनजाति चलचित्र महासङ्घ लगायतको हस्ताक्षर रहेको छ। 
 

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्