Kathmandu Press

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० सम्पन्न

सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह आयोजना गरेको हो। सचेतना सप्ताह समापन समारोहमा बोल्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताए।
सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० सम्पन्न

काठमाडाैं, असाेज २० : काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुक्रबार समापन भएको छ।

सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह आयोजना गरेको हो। सचेतना सप्ताह समापन समारोहमा बोल्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताए।

Hardik ivf

उनले दुर्घटना कति बेला कहाँ हुन्छ भन्ने थाहा नहुने भएकाले त्यसको लागि आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो। उपमेयर डंगोलले हरेक दिन सडक दुर्घटनामा परि ६ देखि ७ जनासम्मले आफ्नो ज्यान गुमाएको तथ्यांक रहेको भन्दै धेरैको लागि यो अङ्कमा मात्र सीमित भएपनि ज्यान गुमाउनेको परिवारको लागि यो अंक पछाडि ठूलो पीडा हुने बताए।

त्यस्तै हरेक दिन १४ देखि १५ जना घाइते हुने गरेको भन्दै घाइतेहरुले जिन्दगीभर पीडा भोग्नु पर्ने अवस्था रहेको उहाँको भनाई छ।  उनले ट्राफिक अनुशासन उल्लंघनबाट वर्षमा करिब १ अर्ब ८८ करोड राजस्व संकलन गरेको ट्राफिक कार्यालयको तथ्यांकले ट्राफिक अनुशासन उल्लंघन अधिक रहेको देखाउने भन्दै सवारी चालक आफै सचेत हुनुपर्ने बताए।

कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सडक दुर्घटनामा दैनिक ६ जनाको मृत्यु हुने गरेको भन्दै हप्तामा २ सय ३८ वटा सडक दुर्घटना काठमाडौँ उपत्यकामा मात्र हुने गरेकाले यसलाई रोकथाम गर्न जरुरी रहेको बताए। ट्राफिक सचेतना कार्यक्रमले सांकेतिक सन्देश दिएको भन्दै उनले सरोकारवालले आफ्नो ज्यान बचाउन सडकमा आउँदा आवश्यक सम्पूर्ण सुरक्षा अपनाउनुपर्ने बताए।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले भत्किएको तथा कच्ची सडकको तत्काल मर्मत गर्नुपर्ने बताए। सडकको अवस्था नाजुक हुँदा उपत्यका बाहिर गएका लामो दूरीका सवारी साधनहरु सयममै फर्किन नसकेको तथा यात्रुलाई गुणस्तरीय सेवा सुविधा दिन समस्या भएको भन्दै सरकारले सडक मर्मत गरेर सहयोग नगरे आफूहरुले पनि सहयोग नगर्ने चेतावनी दिए।

कार्यक्रममा ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उत्कृष्ट ट्राफिक प्रहरी, महानगरका प्रहरी र सवारी चालक तथा सहचालकलाई सम्मान गरिएको छ।

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्