Kathmandu Press

अनुसन्धानमूलक कामलाई प्राथमिकता दिन सरकार तयार : उपप्रधानमन्त्री श्रेष्ठ

तीन दिने सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्विडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशका गरी १०० भन्दा धेरै विज्ञहरुको सहभागिता थिए।
अनुसन्धानमूलक कामलाई प्राथमिकता दिन सरकार तयार : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, असाेज २० : चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले अहिलको आवश्यकता अनुसारका अनुसन्धानका काम गर्न नसकेको स्वीकार गरे। 

‘सरकारको तर्फबाट म कुनै संकोच विना यो कुरा भन्छु कि। सरकारले अहिले यो अनुसन्धानको कामलाई समयको आवश्यकता अनुसार सम्पन्न गर्न सकेको छैन्,’ उनले भने, ‘अहिले हामी स्रोत र साधनको अधिकतम उपयोग गर्दै वैज्ञानिक तथा सामाजिक अनुसन्धानका काममा केन्द्रित हुने प्रतिबद्धता जनाउँछौं।’

Hardik ivf

उनले अब नेपालमा अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताहरुका लागि आवश्यक सहजीकरण र सहयोगका लागि समेत सरकार तयार रहेको बताए। ललितपुरको पुल्चोकमा तीनदिन सम्म चलेको सम्मेलनमा २० वटा भन्दाबढी कार्यपत्रमा छलफल भएको थियो।तीन दिने सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्विडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशका गरी १०० भन्दा धेरै  विज्ञहरुको सहभागिता थिए।

सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल भएको  छ। मुख्यगरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने अपेक्षा गरिएको छ।

अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो जोखिमयुक्त मुलुकमा पर्ने बताइएको छ। नेपालमा औषत वार्षिक १०० जनाले चट्याङका कारण ज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेको तत्थ्यांक छ। 
 

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्