Kathmandu Press

किसानले दुधको पैसा नपाएकोप्रति सांसद सिंहद्वारा सदनको ध्यानाकर्षण 

बिहीबार बसेको प्रतिनीधिसभाको बैठमा शुन्य समयमा उनले, नेपाल कृषि प्रधान देश भन्ने प्रचार गरिएपनि त्यसलाई व्यवहारमा देखाउन आवश्यक पहल नभएको बताए।
किसानले दुधको पैसा नपाएकोप्रति सांसद सिंहद्वारा सदनको ध्यानाकर्षण 

काठमाडौं, असाेज १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद दिपक बहादुर सिंहले, किसानको दुधको पैसा जतिसक्दो चाँडो भुक्तानी गर्न माग गरेका छन्। 

बिहीबार बसेको प्रतिनीधिसभाको बैठमा शुन्य समयमा उनले, नेपाल कृषि प्रधान देश भन्ने प्रचार गरिएपनि त्यसलाई व्यवहारमा देखाउन आवश्यक पहल नभएको बताए।

Hardik ivf

‘नेपाल कृषि प्रधान देश हो भनेर ठुला ठुला कुरा गरिन्छ। तर लम्पि स्कीन रोगले किसानहरुको ढाड भाँचिएको छ। डिडिसि र डेरीहरले किसानहरुलाई दुधको पैसा भुक्तानी गरेको छैन्।’

उनले दशैं अगाडी चाँडो चाँडो डीडीसि र निजी डेरीहरुले किसानहरुलाई दुधको रकम बुझाउनु पर्ने माग गरे। त्यसका लागि आवश्यक भूमिका खेल्न उनले सरकारको ध्यानाकर्षण गराए। 
 
प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्