Kathmandu Press

एकदिवसीय विश्वकप आजबाट, उद्घाटन खेलमा अघिल्लाे पटकका इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

प्रतियोगिताको उद्घाटन खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुने एकदिवसीय विश्वकप १३ औँ संस्करणको भारतस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुनेछ ।
एकदिवसीय विश्वकप आजबाट, उद्घाटन खेलमा अघिल्लाे पटकका इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

काठमाडौं, असोज १८ : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । 

प्रतियोगिताको उद्घाटन खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन्। यी दुवै अघिल्लो विश्वकपका फाइनलिस्ट हुन्। इंग्ल्यान्ड भएको विश्वकपमा घरेलु टोलीले न्युजिल्यान्डलाई नाटकीय रुपमा घरेलु टोलीले २ सुपर ओभर खेलेर उपाधि जितेको थियो।

Hardik ivf

नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुने एकदिवसीय विश्वकप १३ औँ संस्करणको भारतस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुनेछ ।

विश्वकपका खेलहरू भारतका १० वटा सहर अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नाई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।

त्यस्तै विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् । 
 

प्रकाशित मिति: ०८:४३ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्