संगीता पहाडी बनिन् नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक
टेलिकमले बुधबार विज्ञप्ति जारी गर्दै नायब प्रबन्ध निर्देशक पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेको जनाएको छ।
काठमाडौं, असोज १७ : नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।
टेलिकमले बुधबार विज्ञप्ति जारी गर्दै नायब प्रबन्ध निर्देशक पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेको जनाएको छ।
उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी छन्।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन्।
उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन्। २०५१ फागुन १० गते उनले स्थायी नियुक्ति लिएकी थिइन्।
प्रकाशित मिति: २०:०५ बजे, बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1766411815.jpg)