Kathmandu Press

एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोलीको विदाई

कप्तान मणिकुमार लामाले नेपाली टिम फिजिककल रुपमा कमजोर नभए पनि टेक्निकल र अनुभवमा केही कमजोर रहे पनि सक्दाे राम्राे प्रदर्शन गर्ने बताए।
एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोलीको विदाई

काठमाडौं, असोज १७ : एसियन कप छनोट खेल्न नेपाली फुटसल टिमको बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार एक कार्यक्रम गर्दै नेपाली टिमको बिदाई गरेको हो।

नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले खेलाडी पलायनका कारण समस्या भएपनि खेलमा केही सुधार हुने अपेक्षा गरेको बताए। ‘लिग नभएको कारणले त्यस्तो राम्रो हुन्छ भन्ने छैन्, तर पनि राम्रो तयारी गरिएकाले दोस्रो राउण्डमा पुग्छौ भन्ने अपेक्षा छ,’ उनले भने।

कप्तान मणिकुमार लामाले पहिलो पटक कप्तानी गर्न लागेकाले केही नर्भस भएपनि राम्रो गर्नेमा आशावादी रहेको बताए। नेपाली टिम फिजिककल रुपमा कमजोर नभएपनि टेक्निकल र अनुभवमा केही कमजोर रहेको बताए।

एसियन पटक छनाट फुटसल असोज २० देखि २३ गतेसम्म मंगोलिया आयोजना हुनेछ। छनोट प्रतियोगितामा ३१ टिमसहभागी छन्। यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘डी’मा भियतनाम, दक्षिण कोरिया र मङ्गोलियासँग परेको छ।

 

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्