सुदूरपश्चिमकाे टिंकरमा पुग्यो टेलिकमकाे मोबाइल सेवा
टेलिकमले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मंगलबारदेखि उक्त क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो।काठमाडौं, असाेज १७ : नेपाल टेलिकमले देशको सुदूर पश्चिम टिंकरमा मोबाइल सेवा सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मंगलबारदेखि उक्त क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो।
अब सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन्। चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ स्थित उत्तरपश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो।
पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए। अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन्। त्यस बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरूसमेत सेवाबाट लाभान्वित हुनेछन्।
करिव ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमा अवस्थित छ।