Kathmandu Press

खाँडादेवी मन्दिर जाने सडक दशैंअघि नै स्तरोन्नति हुने

खाँडादेवी गाउँपालिकाले मन्दिरसम्म जाने कच्ची सडक स्तरोन्नति गर्न लागेको हो। मन्थली–गाल्पा सडकको माकादुम रायगाउँदेखि खाँडादेवी मन्दिरसम्मको सडक स्तरोन्नति गर्न लागिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। 
खाँडादेवी मन्दिर जाने सडक दशैंअघि नै स्तरोन्नति हुने

रामेछाप, असाेज १७ : ऐतिहासिक तथा धार्मिक शक्ति पीठ खाँडादेवी मन्दिरमा जाने सडक दशैँ अघि नै स्तरोन्नति गरिने भएको छ। खाँडादेवी गाउँपालिकाले मन्दिरसम्म जाने कच्ची सडक स्तरोन्नति गर्न लागेको हो। मन्थली–गाल्पा सडकको माकादुम रायगाउँदेखि खाँडादेवी मन्दिरसम्मको सडक स्तरोन्नति गर्न लागिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। 

सो सडक मर्मतका लागि यस आर्थिक वर्षमा खाँडादेवी गाउँपालिकाले २० लाख रुपैँया विनियोजन गरेको छ। सोही रकमबाट खाँडादेवी गाउँपालिको रायगाउँदेखि मन्दिरसम्मको सडक मर्मत गरिने उनले बताए। सडकको स्तरोन्नतिका लागि प्राविधिक नाप जाँचको काम सम्पन्न भएको श्रेष्ठले बताए। सो क्रममा मन्दिर नजिकको माथिल्लो भाग उकालो र चिप्लो भएकोले ढलान गर्नुपर्ने प्राविधिक स्टमेटमा देखिएको छ। 

Hardik ivf

त्यस्तै राय गाउँ माथि चुल्ठेपानी जाने भागमा दुईवटा मोड अति साँघुरा, विकट र उकाला भएकाले त्यसको पनि स्तरोन्नति गरिने उनले बताए। ‘अहिलेको बजेटले सबै काम गर्न त नपुग्ला तर सबैभन्दा अप्ठेरो ठाउँमा मर्मत सुधार गर्ने योजना बनाएका छौँ, श्रेष्ठले भने। दशैँमा खाँडादेवीको दर्शन गर्न टाढादेखिका भक्तजनको घुइँचो लाग्ने भएकोले दशैँ अघि नै उपभोक्ता समिति मार्फत सडक निर्माणका काम गर्न लागिएको श्रेष्ठले बताए। कम्तीमा साना गाडी सजिलै मन्दिरसम्म पुग्ने गरी सडक मर्मत गरिने उनले जानकारी दिए। 

खाँडादेवीलाई ऐतिहासिक र धार्मिक शक्ति पीठ मानिन्छ। खाँडादेवी मन्दिरमा वर्षैभरि दर्शन र भाकल पूजा गर्न मानिसहरू आउने भए पनि घटस्थापनाबाट भने ठुलो सङ्ख्यामा भक्तजनहरू पञ्चवलि लिएर पूजा गर्न जान्छन्। रामेछाप सहित, दोलखा, ओखलढुङ्गा, सिन्धुली लगायतका तराइका जिल्ला तथा काभ्रे, भक्तपुर, ललितपुर काठमाडौं लगायतका क्षेत्रबाट ठुलो सङ्ख्यामा पञ्चवलि आउने गर्दछ। 

अहिले मन्दिरमा काठमाडौँबाट सित्खा हुँदै वा जिल्ला सदरमुकाम मन्थलीबाट पकरबास हुँदै माकादुमसम्म पुग्ने पक्की बाटो भए पनि माकादुमको रायगाउँबाट मन्दिरसम्म पुग्ने केही किलोमिटर सडक कच्ची छ। साँघुरो, उकालो र कच्ची सडक भएको कारण यातायात साधन आवागमनमा निक्कै जोखिम छ। सोही जोखिमलाई कम गर्न गाउँपालिकाले सडक मर्मतको काम गर्न लागेको हो। 
 

प्रकाशित मिति: १४:११ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्