Kathmandu Press

इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु 

करिब ४० जना यात्रु बोकेको बस ‘एलिभेटेड ओभरपास’बाट १५ मिटर तल खसेको र त्यसपछि आगलागी भएको अधिकारीहरूले बताएका छन्।
इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु 

काठमाडौं, असाेज १७ : भेनिस ओभरपासमा इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु भएको छ। करिब ४० जना यात्रु बोकेको बस ‘एलिभेटेड ओभरपास’बाट १५ मिटर तल खसेको र त्यसपछि आगलागी भएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार उत्तरी इटालीको भेनिस नजिकै विदेशी पर्यटक बोकेको बस एक ‘एलिभेटेड ओभरपास’बाट ५० फिट तल खसेर आगलागी हुँदा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १८ जना घाइते भएका छन्। मंगलबार साँझ स्थानीय समय अनुसार १९ः४५ बजे बारमा ठोक्किएर बस सडकबाट खसेको, बिजुलीको लाइनमा परेको र त्यसपछि आगो लागेको थियो। भेनिसका मेयर लुइगी ब्रुङनारोले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एक दुःखदायी दृश्य।’ मृतकको सम्झनामा भेनिसमा आधिकारिक शोक घोषणा गरिएको मेयरले बताएका छन्।

Hardik ivf

के कारणले भयानक दुर्घटना भयो भन्ने खुल्न सकेको छैन। भेनिस सहरका काउन्सिलर रेनाटो बोरासोले बसमा ४० यात्रु सवार रहेको र त्यसमध्ये २१ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताए। बोरासोले दुर्घटनामा घाइते भएका धेरैको अस्पतालमा अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। उनले भने, ‘यो एक भयानक त्रासदी हो, शहर शोकमा छ।’

मारिनेमा पाँचजना युक्रेनी र एकजना जर्मन रहेको भेनिसका गृह मन्त्रालयका स्थानीय प्रतिनिधि मिशेल डि बारीले जानकारी दिएका छन्। बसमा फ्रान्स र क्रोएसियाका यात्रुहरू पनि सवार रहेको इटालियन समाचार एजेन्सी एएनएसएले जनाएको छ। समाचारमा उल्लेख भएअनुसार बस चकनाचुर भएको छ। अग्नी नियन्त्रकहरूलाई धेरै शवहरू बाहिर निकाल्न समस्या भएको छ। घाइतेमध्ये दुईजना रहेको बताइएको छ। मंगलबार साँझसम्म उद्धारकर्ताहरूले बसको भग्नावशेष हटाउन प्रयास गरिरहेका छन्। 

प्रधानमन्त्री जर्जिया मेलोनीले एक विज्ञप्तिमा सरकार पीडितहरू, उनीहरूका परिवारको साथमा रहेका बताएका छन्। इटालीमा हालैका वर्षहरूमा धेरै व्यक्तिको बस दुर्घटनामा परी मृत्यु भएको छ।
 

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्