पशुपति क्षेत्र विकास कोषकाे सदस्य सचिवमा राजु केसी
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सञ्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन्।
काठमाडौं, असाेज १७ : सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सञ्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन्।
केसीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी दिइएको हो।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन्। थापा निलम्बित भएपछि सदस्य सचिवको पद रिक्त बनेको थियो।
प्रकाशित मिति: १२:४५ बजे, बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार