Kathmandu Press

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना 

हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं, असोज १७ : जल तथा मौसम विभागले आज पाँच प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।

हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

Hardik ivf

आज देशभर मौसम सामान्य बदली रही कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ । बुधबार राती देशभर मौसम सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा दाङको घोराहीमा सबैभन्दा धेरै वर्षा भएको छ । घोराहीमा ८७ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ ।'

यस्तै भैरहवामा ५६ मिलिमिटर,काठमाडौंमा २१ दशमलव ५ मिलिमिटर र सिमरामा १८ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।  

नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मनसुन भोलिदेखि पश्चिमी क्षेत्रबाट विस्तारै बाहिरिने मौसमविदले जनाएका छन् । 
 

प्रकाशित मिति: ०८:५१ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्