कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी हान्ने सापकोटा पुर्पक्षका लागि थुनामा
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा चलाइएका नुवाकोटका श्यामबहादुर सापकोटालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
काठमाडौं, असोज १६ : कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा चलाइएका नुवाकोटका श्यामबहादुर सापकोटालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
सापकोटाविरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले ज्यानमार्ने उद्दोगमा मुद्दा दर्ता गरेको थियो।
सापकोटाले भदौ २० गते भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर यादवमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सहमहामन्त्री यादवको टाउकोमा गंभिर चोट लागेको थियो । अदालतको आदेशपछि सापकोटालाई सुन्धारास्थित केन्द्रीय कारागार चला भएका छन्।
प्रकाशित मिति: १७:३४ बजे, मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












