Kathmandu Press

राजा र राजसंस्था स्थापनाका लागि काठमाडाैं जनप्रदर्शन हुने 

राजा र राजसंस्था स्थापनाका लागि काठमाडाैं जनप्रदर्शन हुने 


काठमाडौं, असाेज १५ : शाही युवा शक्ति नेपालले, राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशन गर्ने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, आगामी असोज २० गते रत्नपार्कदेखि नारायणहिटीसम्म विशाल प्रदर्शन गर्ने घोषणा गरेको हो। 

उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आम जनतासँग अपील गरिएको छ। शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनता अब राजाको पक्षमा खुल्न थालेको बताए। राजा ल्याएरै छाड्ने जनताको अठोट रहेको उनको भनाई छ। 

Hardik ivf

राजसंस्था चाहियो भनेर एक लाखमात्रै जनता सडकमा आउने हो भने ज्ञानेन्द्रलाई पुनः राजा बनाउन सकिने उनको दाबी छ। विदेशीको इसारामा गणतन्त्रवादीहरुले राजसंस्था फालेको आरोप उनले लगाए। 

‘रामकुमारी झाँक्री मन्त्री पद छोड्दा क्वाँक्वाँ रोईन्। यिनीहरुलाई पद र पैसा प्यारो छ। यिनीहरुको पछाडि लागेर हामीले गणतन्त्र घिसार्ने काम नगरौं,’ उनले भने,‘जनतालाई नसोधी चोर बाटोबाट ल्याइएको गणतन्त्र हो। मरेको गणतन्त्र घोषणा गरिएको हो यो। यो गणतन्त्रको सिनो गनाइसक्यो। यो सिनोको चाँडो दाहसंस्कार गर्न आवश्यक छ।’  उनले नारायणहिटीमा राखिएको श्रीपेच खोस्नु पर्ने समेत बताए। 

‘अब आउने २० गते रत्नपार्कमा भेला होउँ। २०औं हजार मान्छे सहभागी होउन भन्ने मेरो अपेक्षा रहेको छ। त्यो मास नारायणहिटीमा गएर राजाले छोडेको श्रीपेच खोस्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसलाई लिन सक्नुपर्छ। श्रीपेच जनताको अधिकार हो। त्यो जनताको अधिकार प्रयोग गरेर राजालाई गद्दीमा ल्याउन पर्छ।’ 

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्