Kathmandu Press

नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा

नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा
Hardik ivf

काठमाडौं, असोज १५ : नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टीकापुरमा गर्ने निर्णय गरेकाे हाे।

त्यसको तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।

प्रकाशित मिति: १५:५१ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्