Kathmandu Press

अनमाेलप्रति प्रदीप खड्काको कटाक्षा- बिहेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन 

नायक अनमोल केसीलाई निर्माता–निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछिको विवादलाई लक्षित गर्दै नायक खड्काले, नाम नलिइकल उनले  ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका हुन छन्।
अनमाेलप्रति प्रदीप खड्काको कटाक्षा- बिहेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन 

काठमाडौं, असाेज १५ : नायक प्रदिप खड्काले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन्।

नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछिको विवादलाई लक्षित गर्दै नायक खड्काले नाम नलिइकल उनले  ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका हुन छन्।

‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने। विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म बिस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै,’ खड्काले लेखेका छन्। 

उनले कानूनी रुपमा अनमोलले क्षतिपूर्ति तिर्नु पर्ने आसय समेत प्रकट गरेका छन्। ‘खैर, चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जेसुकै भाको भए पनि दुलहीले माग्ने आधा अंश हो। कानूनले दिलाउने पनि त्यही नै हो,’ सामाजिक संजालमा उनले लेखेका छन्। 

यो स्टाटसमा थुप्रै नकारात्मक प्रतिक्रिया आएपछि प्रदीपले अलिकति मिलाउने प्रयास गरेका छन्।

नेपाली चलचित्रमा बौद्धिक अभिनेताको छवि बनाएका खड्काको यो स्टाटसमा अधिकासंले ‘बौद्धिकता’ भन्दा अनमोलप्रति कुन्ठा झल्किएको टिप्पणी छ। 
 

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्