Kathmandu Press

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए।
पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

दाङ, असोज १५ : पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो। बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए।

Hardik ivf

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बसमा १६ जना यात्रु थिए। तीमध्ये दुई जनालाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्