दाङमा बस दुर्घटना, १४ जना घाइते
पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।
काठमाडौं, असोज १५ : दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।
बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक रामेछाप सुनापति गाउँपालिका ३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:४५ बजे, सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार